काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।
नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको ५० वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि अस्वस्थ थिए।
शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए।
शेर्पाले आफ्नो रोगको उपचार अमेरिका, भारत र चीनमा गएर गराएका थिए। तर, रोग निको भएको थिएन।
शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिव समेत हुन्।