spot_img

spot_img

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

 

वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।

 

कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति  १२ :३० बजे ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसी र बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गरि ल्याएको हो ।

आइतवार साझ वीरगंज बाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले निज लाइ अपहरण गरि भारतको भेलाहिमा रहेको बिनोद वर्णवालको घरमा राखेको अवस्थामा प्रहरीको विशेष सुचनाको आधारमा अपहरण मुक्त गराएको हो ।

 

आईतबार बेलुका ७ :३० बजे कलवार अपहरणमा परेका थिए । ७ :३० बजे अपहरणमा परेका कलवारको राती १२ :३० बजे पकाहामैनपुर गाउँपालिका -१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर पर भारतको भेलाहीबाट भारतिय प्रहरीको सहयोग एवं ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले कलवारलाई सकुशल उद्धार गरेर नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

अपरण गरेको आशंकामा प्रहरीले अपहरणकारी आमोद चौरसियासहित एक जनालाई पक्राउ गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् । 

 

कलवार अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परे। आइतबार जिल्ला अदालत पर्सामा लेनदेन मुद्दाको अन्तिम फैसलामा कलवारले मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेको उनी बताउँछन्।

 

लेनदेनको मुद्दामा अपहरणमा परेका कलवार वारिस थिए। उनका छोरा जितेन्द्रकुमार गुप्ता मुद्दाका वादी। उनको पाँच लाखको लेनदेन मुद्दामा जिल्ला अदालत पर्साले आठ लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ।

 

मुद्दा जितेर साइकलमा घर फर्किँदै गरेका कलवार प्रतिवादीबाट बाटोमै अपहरणमा परे। सोही गाउँपालिका– ४ पशुरामपुरनिवासी लेनदेन मुद्दाका प्रतिवादी प्रमोद राउत बरईसहित अमोद बरई र सोही गाउँका रवन्जत साह गोढले उनलाई बाटोबाटै अपहरण गरेको कलवारले बताए।

 

उनका अनुसार घर जाने क्रममा रोकेर बाटोमै ज्यान मार्ने धम्की दिए। मोटरसाइकलमा बसाएर नदीकिनारको कच्ची बाटो हुँदै कलवारलाई भारत पुर्यारए। भारतको भेलाहीनिवासी विनोद वर्णवालको घरमा बन्धक बनाए। 

 

अपहरणकारी प्रतिवादीले सोही घरमा बन्धक बनाएर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गर्न लगाएको कलवारले बताए। उनका अनुसार हस्ताक्षर गर्न नमानेपछि कलवारमाथि हातपात गरेको र औँ लामा चोटसमेत लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...