काठमाडौं। क्याटलान जायन्ट बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग रोकिएको छ।

च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा बेन्फिकासँग बराबरीमा रोकिएपछि बार्सिलोनाको अन्तिम १६ को यात्रा थप कठिन बनेको छ।

यस सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानलाई बिदा गरेर नयाँ प्रशिक्षक पूर्व खेलाडी जाभीलाई बनाएको छ।

अब नकआउट चरणमा पुग्नका लागि बार्सिलोनाले अन्तिम खेलमा बायर्न म्युनिखको सामना गर्दैछ। म्युनिख अन्तिम १६ मा पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय