काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी गरेको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमबीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्यमन्त्री विराेध खतिवडाकाे उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा. पोखरेलले जानकारी दिए।
कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको डा. पोखरेलको भनाइ छ।