spot_img

spot_img

इन्टरनेट सेवा प्रदायकले गरेनन् पोल भाडा सम्झौता

काठमाडौं। नेपाल विद्युत प्रधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडा सम्झौता जनाएको छ। प्राधिकरणले सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिएको थियो।

तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ।

लामो समयको विवादपछि प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पोल भाडा सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिइएको थियो। तोकिएको समयमा प्राधिकरणले भनेअनुरुप कुनै पनि सेवाप्रदायक कम्पनीले पोल भाडा सम्झौता गर्न नआएको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उनका अनुसार पोल भाडा सम्झौता नै नगरी केही कम्पनीले बक्यौता रकम खातामा जम्मा गरेको पाइएको छ। “दुई चारवटा कम्पनीले पोल भाडा सम्झौता नै नगरी हाम्रो खातामा पैसा जम्मा गरेको देखिएको छ, त्यसलाई हामीले मान्दैनौँ”, उनले भने, “हामीले उनीहरुको वास्तविक संरचना कति छ, ती कुराका आधारमा सम्झौता गरेपछि मात्र पैसा लिने हो। सम्झौता नै नगरी पैसा खातामा राखेर सेवाप्रदायक कम्पनी उम्किन खोजेको देखिन्छ, त्यसलाई हामीले मान्दैनौँ।”

उनले पोल भाडा सम्झौताका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेपछि नियामक निकायका रुपमा रहेको विद्युत् प्राधिकरणसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए। प्राधिकरणको तथ्यांकअनुसार डिसहोम, एनसेल, सिजी र केही मात्रामा नेपाल टेलिकमबाहेक अन्य सेवाप्रदायक कम्पनीले पोल भाडा रकम भुक्तानी गरेका छैनन्। अन्य कम्पनीको तुलनामा एनसेलले नियमित जस्तै रकम बुझाउने गरेको जनाइएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दूरसञ्चार प्राधिकरणबाट १३३ वटा कम्पनीले इजाजत लिएका छन्।

रकम भुक्तानी गरिसकेका छौँः आइस्पान

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणलाई पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए। “सेवा प्रदायक कम्पनीले पोल प्रयोग गरेको रकम भुक्तानी गरेनन् भन्ने हामीलाई आरोप लगाइएको थियो। अहिले अधिकांश सेवा प्रदायक कम्पनीले पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको भन्ने जानकारी आएको छ”, उनले भने, “बक्यौता रकम भुक्तानीसँगै हामीले विद्युत् प्राधिकरणलाई पोल प्रयोगको विषयमा जानकारी गराइसकेका छौँ।”

उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सम्बन्धित वितरण केन्द्रमा पोल प्रयोगको विषयमा जानकारी गराएको बताए। विद्युत् प्राधिकरणले किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्नुपर्ने शर्त राखेको भन्दै सेवासम्झौता नगर्ने उनले बताए। “जबसम्म पोल भाडा विवादको सम्बन्धमा गठन गरिएको समितिले प्रतिवेदन बुझाउँदैन, तबसम्म हामी किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्न तयार हुँदैनौँ,” उनले भने।

प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन्। बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो। पटक/पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो।

इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ। सो समितिलाई पोल भाडा विवाद समाधानका लागि मङ्सिर १५ गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

सशस्त्र प्रहरी पर्सा द्वारा ३६ लाख मूल्य बराबरको अवैध समान बरामद

धिरज बर्णवाल वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विदेशबाट लागु औषध डिलेभरी हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार,...

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम...