धिरज बर्णवाल
वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ।
सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर पछाडि बाट सशस्त्र प्रहरी नेपालले २०८० माघ १६ गते ३६ लाख ३९ हजार रुपैयाँ बराबरको कास्मेटिक तथा जुता बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल्ल नेपालले प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगन्जले चेकजाँच गर्ने क्रममा कास्मेटिक तथा जुता बरामद गरेको छ।
भारतबाट अवैध रूपले दश वटा साइकलमा लोड गरी नेपाल तर्फ भित्रयाउँदै गरेको ३६ लाख ३९ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ
बरामद भएका कास्मेटिक तथा जुता वीरगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल्ल १३ नं गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी सङ्गम श्रेष्ठले जानकारी दिए।।