काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ।

पहिलोपटक लिग खेलेको सातदोबाटो युथ क्लब र फ्रेण्ड्सले खेलमा एक गोल पनि गर्न सकेनन्। खेलमा फ्रेण्ड्सलाई दबाबमा राखे पनि सातदोबाटोले धेरै मौका खेर फाल्यो।

७६ औँ मिनेटमा विदेशी खेलाडी एन्थोनी पउल एल्लो कार्ड खादै बाहिरिएका थिए। १० जनामा समेटिएको फ्रेण्ड्स १० खेलाडीमा सीमित भएको थियो।

बराबरीपछि दुवै टिमले १-१ अंक बाँडेका छन्।

शनिबार हुने पहिलो खेल हिमालयन शेर्पा र संकटा क्लब तथा दोस्रो खेल च्यासल युथ क्लव र रुस्लान थ्रीस्टार क्लवबीच हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय