काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय