काठमाडौं ।  नेपाली महिला क्रिकेट टिमले खेलेको पहिलो अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा सुखद् शुरुआत गरेको छ। आज भएको खेलमा नेपालले कतारमाथि १ सय १९ रनको भारी अन्तरले जित निकालेको हो।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो। नेपालका लागि इन्दु बर्माले अर्धशतक प्रहार गरिन्। उनले ४७ बलमा ५५ रनको योगफल बनाइन्। त्यसैगरी सीता रानामगरले ३३ र सरीता मगरले २१ रन बनाए।

जवाफमा नेपालको धारिलो बलिङसामु कतार १२ औं ओभरमा २७ रनमै अलआउट भयो। नेपालका लागि रुबिना चौधरीले तीन तथा कविता कुँवर र सीता रानामगरले दुई/दुई विकेट लिए।

खातै २ विकेट गुमाएको कतारका कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्। नेपालकी इन्दु बर्मा प्लेयर अफ दी म्याच घोषित भइन्।

यो जितसँगै नेपालले तीन म्याचको सिरिजमा १-० को अग्रता कायम गरेको छ। नेपालले भोलि फेरि दोस्रो म्याच खेल्नेछ। यसै साता यूएईमा हुने टी ट्वान्टी विश्वकपको एशियाली छनोटको तयारीका लागि यो सिरिज खेलेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय