काठमाडौं। विश्वकप फुटबलको युरोपेली छनोटमा इंग्ल्याण्डले सबैभन्दा कमजोर प्रतिद्वन्द्वी सान मारिनोलाई पराजित गर्दै कतार विश्वकपमा स्थान सुरक्षित गरेको छ।

फिफा वरीयतामा सबैभन्दा अन्तिम स्थानमा रहेको सान मारिनोको पोस्टमा इंग्ल्याण्डले १० गोल गर्यो। उसका लागि कप्तान ह्यारी केनले पहिलो हाफमै २ पेनाल्टीको सहयोगमा ह्याट्रिकसहित चार गोल गरे।

सान मारिनोविरुद्ध ह्याट्रिक गर्दै केनले राष्ट्रिय टिमका लागि जारी युरोपेली छनोटमा लगातार दोस्रो ह्याट्रिक गरेका छन्। यसअघि, अल्बानियाविरुद्ध पनि केनले ह्याट्रिक गरेका थिए।

यता, नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि युरो च्याम्पियन इटाली विश्वकपका लागि सिधै छनोट हुन सकेन। उसले अब प्लेअफ खेल्नुपर्नेछ।

इटाली रहेको समूह सीबाट स्विट्जरल्याण्ड विजेता बन्दै विश्वकपका लागि छनोट भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय