काठमाडौं। डिफेन्डिङ च्याम्पियन फ्रान्स आउँदो बर्षको विश्वकप फुटबलका लागि छनोट भएको छ। फ्रान्सले युरोपियन छनोट खेलमा काजकस्तानलाई ८–० गोलको भारि अन्तरले पराजित गर्‍यो।

खेलमा फ्रान्सको तर्फबाट एम्बाप्पेले राष्ट्रिय टिमका लागि पहिलो ह्याट्रिक गरेका थिए।

फ्रान्सको जितमा एम्बाप्पेले चार तथा बेन्जेमाले दुई गोल गरे। एम्बाले एउटै खेलमा चार गोल गरेर फ्रान्सको राष्ट्रिय टिमको ६३ वर्ष पुरानो रेकर्डसँग बराबरी गरेका हुन्।

यो सँगै ग्रुप डीमा सात खेलबाट १५ अंकका साथ फ्रान्सले कतार विश्वकपमा ठाँउ पक्का गरेको हो।

उता इस्टोनियालाई ३-१ गोलले पराजित गर्दै  बेल्जियमले पनि कतार विश्वकप २०२२ मा छनोट पक्का गरेको छ। ग्रुप ई मा यो जितपछि सात खेलमा १९ अंक बनाउँदै अर्को वर्षको विश्वकपमा स्थान सुरक्षित गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय