spot_img

spot_img

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत, ३० मेगावाट खपत हुने

नवलपरासी। चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको छ।

प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो। २०७५ जेठबाट उत्पादन शुरु गरेको उद्योगमा साढे तीन वर्षपछि बिजुली पुगेको हो।

नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल,प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिएको हो।

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ।

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ। यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ। ११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ। विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो। यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ।

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत आपूर्ति दिइएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा बर्दघाट-भरतपुर २२० केभी प्रसारणलाई ‘‘ट्यापिङ’’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो।

२२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास-सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको छ। बर्दबाट-भरतपुर २२० केभी र बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो।

‘‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’’, घिसिङले भने, ‘‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं।’’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार बर्दघाट-सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो। वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन। नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४मा आयोजना शुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

सशस्त्र प्रहरी पर्सा द्वारा ३६ लाख मूल्य बराबरको अवैध समान बरामद

धिरज बर्णवाल वीरगन्ज। सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलिका समान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित भुट्न देवी मन्दिर...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा सिम्रौनगढ नगरपालिका...

अमेरिकाबाट नेपाल गाँजा मगाउने तीनजना पक्राउ

बारा, १७ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले अमेरिकाबाट पार्सल गरी पठाईएको एक किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । विदेशबाट लागु औषध डिलेभरी हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

वीरगंज, १६ पुस । सन् २०२४ का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार,...

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम...