काठमाडौं। विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटको गएरातिको आफ्नो खेलमा जित निकाल्दै अर्जेन्टिना विश्वकपको नजिक पुगेको छ।

अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपको सम्भावना बढाएको हो।

खेलको शुरुवातम्र अग्रता बनाएको अर्जेन्टिनाले खेल आफ्नो पक्षमा पारेको हो। उसका लागि एकमात्र गोल खेलको सातौँ मिनेटमा एन्जल डी मारियाले गरे।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ। यहाँबाट ब्राजिल भने अपराजित रहँदै कतार विश्वकपमा छनोट भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय