काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
थपिएकासँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या आठ लाख १४ हजार ९२९ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको संख्या ९४ हजार ८३६ रहेको छ।
पछिल्लो समय थप ४२५ जना कोरोना संक्रमणपुक्त भएका छन्। योसँगै निको हुनेको संख्या सात लाख ९५ हजार ८२२ पुगेको छ। निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप पाँच जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६५४ रहेको छ।