काठमाडौं । म्यानचेष्टर यूनाइटेडलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आज साँझ भएको म्यानचेस्टर डर्बीको खेलमा सिटीले यूनाइटेडमाथि २-० ले जित निकालेको हो।
पहिलो हाफमा आत्मघाती गोल खाएर पछि परेको यूनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा थप गोल खायो। जारी सिजनको पहिलो भेटमा निकालेको जितसँगै सिटीले ११ खेलबाट २३ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको चेल्सीभन्दा यो दुई अंकले कम हो। चेल्सीले एक खेल कम खेलेको छ।
सिटीका लागि बर्नान्डो सिल्भाले गोल गरे भने अर्को गोल यूनाइटेडका इरिक बेरीले गोलपोस्टबाट बल क्लियर गर्दा आत्मघाती हुन पुगेको हो।
हारपछि यूनाइटेड भने ११ खेलमा १७ अंक बनाएर पाँचौं स्थानमा छ। यूनाइटेडले जारी लिगमा चौथो हार बेहोरेको हो भने दुई बराबरी खेलेको छ।