काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहारको अवसरमा शुभकामना दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुसीयालीका साथ पर्व मनाउन आग्रह गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले कोभिड-१९को जोखिम कायमै रहेको भन्दै सम्पूर्ण नागरिकलाई खोप लगासकेको अवस्था नभएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन आग्रह गरेका हुन्।
भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड-१९ विरुद्ध खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्।
कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले बताए। चाडबाड होसियारीपूर्वक मनाउन उनले आग्रह गरेका छन्।