काठमाडौं। भारतले यूएईमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। गएराति अफगानिस्तानलाई पराजित गर्दै भारतले पहिलो जित दर्ता गरेको हो।
लगातार दुई खेलमा पराजित भएको भारतले आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गर्यो। त्यसअघि ऊ पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्यूजिल्यान्डसँग पराजित भएको थियो ।
गएरातिको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको भारतले निर्धारित ओभरमा २ विकेटको क्षतिमा २१० रन बनायो। आबुधाबीमा उसका लागि केएल राहुलले ६९, रोहित शर्माले ७४, हार्दिक पाण्ड्याले ३५ रन बनाए।
२११ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान ७ विकेट गरुमाउँदै १४४ रनमै समेटियो। उसका लागि करिम जनतले ४२ तथा मोहम्मद नाबीले ३५ रन बनाए।
यता, भारतका मोहम्मद सामीले ३ विकेट हात पारे। रविचन्द्रन आश्विनले पनि २ विकेट लिए। अफगानिस्तानमाथि जितसँगै भारतले सेमिफाइनलको सम्भावना जीवितै राखेको छ ।