काठमाडौं । यूएईमा जारी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतविरुद्ध अफगानिस्तानले टस जितेर बलिङ रोजेको छ।
जारी विश्वकपमा लगातार शर्मनाक हार बेहोरेको भारत आज कुनै पनि हालतमा जित निकाल्ने दाउमा हुनेछ। विश्वकपमा अघिल्लो यात्रा तय गर्न भारतले यो खेलमा अफगानिस्तानलाई हराउनैपर्ने हुन्छ।
सेमिफाइनलमा पुग्न भारतले आजको खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्ने छ। भारतले यसअघि पाकिस्तानसँग १० विकेट तथा न्यूजिल्याण्डसँग ८ विकेटले खेल गुमाइसकेको अवस्था छ।
अफगानिस्तानले भने सुपर १२ मा स्कटल्याण्डलाई १ सय ३० रनले हराएको थियो भने पाकिस्तानसँग ५ विकेटले हारेको थियो। नामिबियालाई ६२ रनले हराएको थियो।
विराट कोहलीले यसअघिका दुवै खेलमा टस हारेका थिए। जसका कारण उनले खेलको सबैभन्दा कठिन परिस्थितिबाट गुज्रनु परेको थियो। टस हार्नुको अर्थ भारतीय टोलीले थप रन बनाउनुपर्ने थियो। यस प्रयासमा दुवै पटक भारतले झिनो रन बनाएको थियो र खेल हारेको थियो।
*यसअघिको शीर्षक परिवर्तन गरिएको