काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

आज स्थानीय बजारमा छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहेको छ। जसको हिजोको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५० कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय