काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि ६० जनाले आवेदन दिएका छन्। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार अन्तिम समयसम्ममा उक्त संख्यामा आवेदन परेको हो।

क्यानले अक्टोबर १८ मा नयाँ प्रशिक्षकका लागि आवेदन दिन विज्ञापन खुलाएको थियो। आवेदन दिने अन्तिम मिति आइतबार (३१ अक्टोबर) सम्म तोकिएका थियो।

प्राप्त आवेदनबाट छनोट समितिले ‘सर्ट लिस्ट’पछि अन्तर्वार्ताबाट प्रशिक्षक छनोट गर्नेछ।

नेपालका लागि श्रीलंकन पूर्व प्रशिक्षक देव वाटमोरले नेपालको ओमान टूर दौरान बीचमै प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय