काठमाडौँ। जाडेन श्रेष्ठ र आजमी शेरचन लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधि हात पार्न सफल भएका छन्। लिटल डल्फिन्स् स्विम स्कुलले आयोजना गरेको प्रतियोगितामा ब्वाइजतर्फ जाडेनले ट्राईथलनको १०० मिटर पौडी, ५ किमी साईक्लिङ्ग र १.५ किमी दौड कुल २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन्।

यस्तै, गर्लतर्फ आजमीले उत्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा ब्वाइजतर्फ अथर्व सिंहले दोस्रो स्थान प्राप्त गर्दा युभनलाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे।

यस्तै गर्लतर्फ परिधि भण्डारी र आर्या महर्जनले दोस्रो र तेस्रो स्थान हात पारे। स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग प्रतियोगिता आयोजना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय