spot_img

spot_img

बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट

जाजरकोट- स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ। औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ।

हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन्।

दैनिक दर्जनौँ बिरामी आउने गर्छन्, सबैले अस्पतालमा औषधि नहुँदा बजार गई किनेर ल्याउने गरेको बिरामीका आफन्त कुमार केसीले बताए। उनले भने,’मैले त सबै औषधि निःशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नुपर्‍यो, अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन।’

स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मातहतमा रहेको छ। आर्थिक वर्ष २०७८/०८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ। 

कर्णाली प्रदेश सरकारको मताहतमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन्। स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारीअनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ। ‘औषधि नहुँदा नसाबाट आषधि दिने बिरामीलाई सबैभन्दा बढी सास्ती भएको छ’, उनले भने,’औषधि छैन बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामी रिसाउनुहुन्छ, हामी मेडिकलमै उपचार गर्छौं उसो भएभन्दै फर्कनुहुन्छ।’ 

एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ। एक्सरेको प्रिन्टरमा खराबी आउँदा हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने उनले बताएबताए। सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ। कीटको अभावमा सबै खालको परीक्षण गर्न नपाइएको चिकित्सकले बताएका छन्। कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्नसमेत अप्ठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ।

स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामी बताउँछन्। स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ। सिटामोलबाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सक बताउँछन्। 

विशेषज्ञसहित नौ चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच करारका चिकित्सकको भरमा छ। दरबन्दीमा एक नर्सबाहेक सबै करारमा छन्। करारमा कार्यरत नर्सको नवीकरणसमेत नगरिएकाले काम गर्न मुस्किल हुँदै आएको छ।

जनशक्ति, औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताए। ‘नयाँ औषधि ल्याइएको पनि छैन, भनेको सबै औषधि पनि डोल्पामा पुर्‍याउन सकिँदैन कुरा यही हो’, उनले बताए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...

बारामा एक बोर्डिङका प्रधानाध्यापकमाथी गोली प्रहारगरी हत्या ।

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा...

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

वीरगंज, १३ कात्तिक । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको...

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको...

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको...

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आइतवार राति ८ः३०...