काठमाडौं। नेपालमा तीन महीनामा चुइगम मात्रै करीब १५ करोको आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन, भदौ र असोजमा मात्रै १४ करोड ८१ लाखको चुइगम आयात भएको छ।

यस अवधिमा नेपालमा अस्ट्रेलिया, बंगलादेश, चीन, भारत र अमेरिकाको चुइगम आयात भएको छ। सबैभन्दा बढी  भारतबाट १४ करोड ६६ लाखको चुइगम नेपाल भित्रिएको छ।

विभागका अनुसार यस अवधिमा नेपालमा ६५ अर्ब पाँच करोडको वस्तु निर्यात भएकोमा आयात ४ खर्ब ७८ अर्ब रुपैयाँको भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय