spot_img

spot_img

नारीवादबारे एक चर्चा !

दीपा थाेकर

नेपालमा नारीवाद आन्दोलन विश्व नारीवाद आन्दाेलनको प्रभाव भई राजपरिवार, राजनीतिक दलका घराना, सामाजिक अभियन्ता आदिकाे घरबाट उठान भएकाे हाे । २००७ सालकाे राणा शासन फालेर प्रजातन्त्र ल्याउने कदम वा २०४६ सालकाे प्रजातन्त्र पुनर्बहालीको आन्दाेलन वा बिक्रम सम्बत २०६३ सालको अप्रिल (वैशाख) महिनामा भएकाे ऐतिहासिक गणतान्त्रिक आन्दाेलन तथा मधेशी, आदिवासी, जनजाति समुदायले गरेको अधिकारका आन्दाेलनहरूमा महिलाले बिस्तारै आफ्नो सहभागिता बढाएका छन् ।अपितु शहादत (Life sacrifice) पनि प्रप्ता गरेका छन् । जसकारण नेपालमा आजको संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालको संविधानकाे निर्माण सम्भव भएकाे हाे । विद्यालय, विश्वविद्यालय तथा सञ्चारजगतमा अध्ययन, विश्लेषण र उच्चतम व्यवहारिक प्रयाेग र चेतनाले नै नेपालको शहर-गाउँ, धनी, मध्यमवर्गीय परिवार, गरिब, सामान्य महिला आदिकाे विकास सम्भव छ । आजकाे शहर तथा शक्तिशाली परिवारमा सिमित नारीवादकाे प्रभाव शहर देखि गाउँ सम्म समानताकाे हक उपभाेग गर्न पुरूषसँग वेैमनस्यता नगरिकन पनि सम्भव छ देखाउनु यस लेखकाे मुख्य उद्देश्य हाे ।

लिङ्ग तथा जेन्डरबीच फरक

क्रिटिकल थ्याेरी टुडे (Critical Theory Today), Routledge प्रकाशन न्यूयाेर्क, पुस्तकका अमेरीकि महिला लेखक लाेईस टाईसन (Lois Tyson) का अनुसार नारीवाद समालाेचनाले कुनै साहित्यिक तथा सांस्कृतिक सामाग्रीभित्र महिलामाथि आर्थिक, सामाजिक, राजनैतिक तथा मनाेवैज्ञानिक तरिकाले कसरी विभेद गरिएकाे छ । त्यसबारे व्यापक अध्ययन गरिन्छ (सन् २००६: ८३) । टाईसनका अनुसार समाजले पुलिङ्गत्व (Masculinity) र स्त्रित्व (Femininity) बारे समाजले बनाएकाे धारणा जेन्डर (Gender) ले चिकित्सा पेशा, प्राध्यापन पद्धति, कानून, हामीले बाेकिरहेकाे सांस्कृतिक धारणा तथा जागिर खाने व्यावसायिक परिभाषाहरूले मनुष्यलाई व्यक्तिगत रूपमा निश्चित अवधारणा बनाएर कसैलाई महिला, पुरूष वा अन्य लिङ्गी भनेर फरक व्यवहारका कारणले साेच बनाउँछ जुन नारीवाद भन्दा अलि पर जेन्डर अध्ययन हाे ।

यदि काेहि कसैले Woman and Gender Studies पढ्छ भने उसकाे कार्य भनेकै जेन्डर अर्थात् समाजनिर्मित विभिन्न परिभाषाहरू तथा महिलामाथि हुने पुरूषप्रधान साेचले हुने विभेदहरू बीच सहअस्तित्व पत्ता लगाउने हाे (पृष्ठ १०८) । अर्थात्, जहाँ जेन्डर भनेकाे समाजबाट तथा सांस्कृतिक साेच निर्मित साेच हाे (महिला यस्ताे हुनुपर्छ/पुरूष यस्ताे हुनुपर्छ आदि) भने लिङ्ग अर्थात् (Sex) जैविक निर्माण (Biological creation) हाे कि काेही कस्ताे शारीरिक अङ्ग लिएर जन्मे । तर पहिला मानिस जन्मिने हाे अनि समाजले शारीरिक, भाषिक, पहिरन लगायतका सांस्कृतिक विशेषणहरू मानिसमा भिडाउने हाे तसर्थ, पहिला लिङ्ग आउँछ अनि पछि जेन्डर ।

कहिले र कहाँबाट गर्ने नारीवादी अध्ययन ?

हामीले यसबारे फरक उत्तर पाउन सक्छाैं । किनकि हामी नेपाल-भारतमा अर्थात्, पूर्वीय दर्शन (Eastern philosophy) मा लेखिएका साहित्य तथा विभिन्न धार्मिक स्क्रिप्चर अर्थात् हरफहरू पढेर माथिकाे उपशीर्षककाे उत्तर खाेज्दैछाैं कि हामी यसकाे विपरीत

पश्चिमि दर्शन अर्थात्, सात समुद्रपारी पश्चिमा दर्शन (Western philosophy) मा आधारित बेलायत वा अमेरिकी पुस्तकहरू पढेर उत्तर खाेज्दैछाैं ।

यसपछि लेखेर संसारमा राख्ने डकुमेन्टेशन जुन संसारभरका विश्वविद्यालयहरूमा प्राय: हरेक विषयमा जुन पढाईन्छ, त्यस पश्चिमा डकुमेन्टेड सामाग्री अनुसार, जस्तै लाेईस टाईसाेनलाई आधार मान्ने हाे भने प्राय: वादहरू द्वितीय विश्वयुद्ध (World War II) पछि खासगरी जब कार्ल मार्क्सकाे मार्क्सवाद सिद्धान्त दाेस्राे विश्वयुद्ध पछि मानिसकाे लागि चिन्तनकाे विषय बन्याे, अनि यसै मार्क्सवादी सिद्धान्त (Marxist Theory) न केवल नारीवादी सिद्धान्तकाे आधार बन्याे अपितु धेरै अधिकारवादी आन्दाेलनहरूकाे पनि जननी राजनैतिक चेत फैलाउने दृष्टिले बन्न पुग्याे जुन प्रत्यक्ष सन् १९६० काे दशक र साे पछि मानिन्छ । हुनत नारीवादी साहित्य मार्क्सवादी सिद्धान्तका अतिरिक्त ज्याक्स् डेरिडा (Jacques Derrida), ल्युस् ईरिगेरे (Luce Irigaray) तथा जियाेफ्रे हार्टमन् (Geoffrey Hartman) का विनिर्माण सिद्धान्त (Deconstruction theory) तथा सिग्मन्ड फ्राईड् (Sigmund Freud) र ज्याक्स् लकाँ (Jacques Lacan) हरूकाे मनाेविश्लेषात्मक सिद्धान्त (Psychoanalytic criticism) माथि पनि आश्रित छ । अर्थात्, यी सिद्धान्तहरूकाे अध्ययनविना नारीवादलाई बुझ्नै सकिँदन ।

यसकाे अर्थ सन् १९६० काे दशक वा महारानी भिक्टाेरियाकाे शासनकाल अघि नारीवादमा आधारित पुस्तक (Texts) वा साहित्य नै लेखिदैनथ्याे भन्ने हाेईन किनकि बेलायतमा महारानी भिक्टाेरियाकाे शासनकालमा (Victorian Era) महिलाहरू जर्ज एलियट (George Eliot) हरूले नाम बद्लेर छद्म नाममा (Pseudonym) नारीमाथि पुरूषबाट हुने विभेदमाथि लेख्थे । सन् १९६० काे दशक भनेेकाे चेतनायुक्त भई नारीवादमाथि संगठित औपचारिक अध्ययनकाे मार्क्सवाद र मनाेविज्ञानवादमा रहेर गरिएकाे महाअभियान ! टाईसनका अनुसार त्यतिबेला पनि महिलामाथि पुरूष विभेद साेच (Ideology), भाषिक (Lingusitic), सांस्कृतिक (Cultural), आर्थिक (Economic), राजनीतिक (Political) तथा मनाेवैज्ञानिक (Psychological) लगायत विभिन्न रूपमा हुन्थे । तदनुसार महिलाई आफ्नाे पकड वा कब्जा (Grip) मा पारिराख्न समाजले विभिन्न शब्दावली तथा वाक्यांशहरू कृत्रिम ढङ्गले समाजमा निर्माण गरेर चलनचल्तिमा ल्याएकाे देखिन्छ । जुन महिलाकाे अधिकार कटाैतीमात्र गर्ने नभई उनकाे घर परिवारमा भूमिका न्यून गर्ने, थिचाेमिचाे गर्ने, अपमनन गर्ने, पुरूष मान्छेसँग प्रतिउत्तर गर्न बन्देज लगाउने, भयत्रास देखाउँछन् । उदाहरणका लागि दिमाग लगाउने र गलतलाई गलत तथा सहिलाई सहि छुट्याउन सक्नेलाई “खराब केटी Bad girl” भनिन्थ्याे भने पुरूषले जे गरेपनि नबाेल्नेलाई “राम्री केटी Good girl” भनिन्थ्याे । “राम्री केटी” चाहिँ “घरकी परी Angel in the house” कहलाउँथिन् । जाे आफ्ना सबै ईच्छा दबाएर, सबै अपमान सहेर बस्ने “Modest” पुरूषकाे लागि बन्थीन् । यतिसम्म कि पहिला कतिसम्म विभेद भिक्टाेरियनकालसम्म देखिन्थ्याे भने महिला काेही धेरै परपुरूषसँग शारीरिक सम्बन्ध राख्थीन् भने अपमानजनक शब्द “स्लट Slut” भनिन्थ्याे । तर त्यहिं उस्तै अमर्यादित दुष्कर्म गर्ने पुरुषलाई भने आदरसूचक बनाएर “स्टड् Stud” भनिन्थ्याे ! त्यसैले टाईसन लेख्छिन् कि आज जुन शहरबजारमा हामी काेहि महिला वा केटीकाे छाेटाे लुगा, हाई हील्स (High heels), टाईट स्कर्ट (Tight skirt) हरू हामी देख्छाैं, त्याे भिक्टाेरियनकाल सम्म पहिलादेखि पुरूषहरूले गर्दै आएका शदियाैंदेखिकाे शांकेतिक विद्राेह हाे (पृष्ठ ९१) ।

नारीवादका केही नाम तथा प्रयाेगहरू

कोही लिङ्ग, जात, समूह आदिले कसैबाट आफूमाथि अन्याय भईरहेकाे महशूस गर्छ भने ऊ आवाज उठाउँछ र धेरै मान्छे उक्त अभियानमा जाेडिन पुग्छ । त्याे सामूहिक आवाज राज्य, विश्विवद्यालयद्वारा सुनिन्छ अर्थात्, “वाद -ism” बन्न जान्छ । जस्तै आज मधेशमै मधेशवाद त्यहाँका मान्छेकाे पीडा, संस्कृति, माैलिकपनकाे अभियान (Madheshism) काे रूप त्यहाँकाे पहिचानकाे व्यापक दायराभित्र स्थापित हुँदैछ मात्र हैन मधेश प्रदेश नै नामाकरण भईसक्याे । याे बेग्लै कुरा हाे कि काेहि अभियन्ता मधेश र मधेशीकै अधिकारबाट उदाएर अब “मधेशवाद” छैन भन्छन्त । तर अध्ययनले यस गलत तर्कलाई नकार्छ किनकि नामाकरणसमेत “मधेश प्रदेश” भईसक्याे ।

नारीवादी (Feminist) साहित्य कथा, कविता आधुनिक युगमा युराेपमा राज्यकाे संरचनामा उच्च पदमा रहेका, आर्थिकरूपले सम्पन्नहरूकाे घर, परिवारमा पुरूष मान्छेकाे विशेष छुट् वा “कृपा”मा उत्पति भएकाे मानिन्छ । किनकि निमुखा, गरिब, मजदूर, राज्य संरचनाकाे शक्तिशाली पदमा नरहेका निर्बलकाे घरमा रहेका महिलाले लेखनमा आउनु कल्पना पनि गरिंदैनथ्याे । किनकि न साक्षरता व्यापक थियाे, न लेख्ने समय वा ईजाजत ! त्यसैले उच्च घरानाका महिलाले नै विभिन्न पार्टीहरूमा मनाेरञ्जन गर्नलाई वा साैख पूरा गर्नलाई नारी साहित्य सिर्जना गरे । त्याे उनिहरूका पुरूषलाई खुशी तुल्याउनलाई हुन्थ्याे र त्यस्तै लेखावट बिस्तारै छपाईपनि हुन थाल्याे । पछि विभिन्न परिस्थितिमा संसारकाे विभिन्न क्षेत्रमा अन्य आयामसहित महिलाहरूले लेख्न थाले जसमा सबै समुदायका अलगअलग पुरूषबाट दमित, पीडित कथाहरू बाहिरिन थाले ।

यसै आधारमा संसारका नारीवादी लेखनका केही नामहरू पढ्न र सुन्न पाईन्छ । किनकि याे अन्त्यहीन हाे कि भाेली कुन नयाँ रूपमा र संसारकाे कुन क्षेत्रमा नारीवादी लेखन प्रकट भई आउनेछ त्याे अनिश्चित छ । तसर्थ, बहुसांस्कृतिक नारीवाद (Multicultural feminism) काे अवधारणा नै यहि हाे कि आजसम्म जे जति नारी लेखनले नारीप्रति पुरूषहरूबाट ज्यादती भाैतिक वा मनाेवैज्ञानिक वा आर्थिक तथा भाषिकरूपमा भए यदि तीनिहरूले पनि काेहि महिलाकाे “कथा”लाई समेट्न सकेनन् भने उनले अब नयाँ धार बनाउने छिन् । प्रष्ट भन्नुपर्दा Multicultural feminism भनेकाे “European White Mainstream Feminism” का घेरालाई व्यापक बनाउनु हाे । जस्तै, आज सम्मका सबै युराेपियन तथा युराेपीयन माेडेलसँग प्रभावित (Anglo-European) नारीवादी आन्दाेलन र त्यसबाट उत्पादित साहित्यिक उपलब्धि किताब (Volumes), श्वेत (White), मध्यमवर्गीय (Middle-class), विपरीतलिङ्गी नारीवादीहरू (Heterosexual feminist) लाई ध्यानमा राखेर मुख्यरूपमा White Mainstream Feminism हाे । अर्थात्, युराेप देशका गाेरा महिलाहरूले पहिला पीडा लेखे भने स्वभाविक छ कि उनिहरूले आफ्ना भाेगाईलाई मात्र लेखे ।

त्यस्तै आर्थिकरूपले मध्यमवर्गीय महिलाले आफ्नै परिवेशका लेखे भने शारीरिकरूपमा पुरूषकाे भन्दा ठिक उल्टाे प्रजनन् अङ्ग भएका तथा बच्चा पाउन सकिने महिलाले (Heterosexual feminism) केवल आफ्नै शरीरमाथि पुरूषका ज्यादतीबारे लेखे । तर यिनिहरूले अफ्रिका, एशियाका महिलाबारे लेखेनन् । अनि आर्थिकरूपले अति गरिब मजदूर, किसान, उद्याेग, नीजि व्यवसाय आदि ठाउँम काम गर्ने महिलामाथि हुने पुरूष ज्यादतीबारे लेखेनन् । जाे समलिङ्गी छन् वा, हेटेराेसेक्चुअल अर्थात् सामान्यरूपमा विपरीतलिङ्गतर्फ आकर्षित हुने तथा बच्चा पाउन सक्ने तर शारीरिकरूपले अन्य भागमा अपाङ्गकाे बारे त्यस्तै लेस्बियन (Lesbian) महिलाकाे याैनिक अधिकार, पहिचान आदिबारे लेखेनन् । तसर्थ, बाँकीहरूले आ-आफ्ना पीडा छुट्टै लेख्न थाले र नारीवादी लेखनमा आयामहरू दिनप्रतिदिन थपिंदै छन् ।

केही नाम चलेका नारीवादी साहित्यहरू अमेरीकि नारीवाद (American feminism) जसकाे उदाहरण स्वयं यस पुस्तकाे लेखक लाेईस टाईसन मध्यमवर्गीय, विपरीत लिङ्गप्रति सामान्य आकर्षण हुने र बच्चा पाउन सक्ने, गोराे वर्णकी अमेरीकि, विद्यावारिधी डिग्री प्राप्त (Ph. D.) र सपरिवार पुरूषकाे लागि मायालु र ठिक श्रीमतीकाे रूपमा छिन् । त्यस्तै, फ्रान्सेली नारीवाद (French Feminism) यस अमेरीकिभन्दा अलि पृथक छ जसमा भाैतिकवादी नारीवाद (French materialist feminism) र मनाेवैज्ञानिक नारीवाद (French psychoanalytic feminism) गरि दुईटा रूपमा विकसित छन् । फ्रेन्च म्याटेरियलिस्ट फेमिनिज्मले पुरूषप्रधान परम्परागत शैली तथा देशका संस्था/निकायले कसरी भाैतिक तथा आर्थिक अवस्थाहरू नियन्त्रण गरेर महिलामाथि दमन गर्छ साे बारे उजागर गर्छ ।

यस धारमा धेरै नाम चलेका फ्रान्सेली महिलाहरू छन् । जस्तै, सिमाेन डि बिभू (Simone de Beauvoir) काे सन् १९४९ मा प्रकाशित पुस्तक द सेकेन्ड सेक्स (The Second Sex) ले २ दशकबढीसम्म विचार राख्याे कि पुरूषले जे गर्न, लेख्नपनि स्वतन्त्र छन् भने महिलालाई भर पर्नुपर्ने (Dependent) छिन् अर्थात्, पुरूषले नचाहे लेख्न पाउँदिनन् (९६) । त्यस्तै अर्काे यस धारका लेखक क्रिष्टिना डेल्फी (Christine Delphy) जिसले सन् १९७० काे दशकमा फ्रेन्च म्याटेरियलिस्ट शब्द निर्माण गरिन् र विवाहलाई श्रम-सम्झाैता (Labour contract) काे रूपमा व्याख्या गरिन् (९८) भने यसै धारका काेलेट्ट गुईलाउमिन् (Colette Guilaumin) ले भने महिलाकाे समय र शरीरलाई पुरूषले आफ्नाे “सम्पत्ति” ठान्छन् र जसरी जुनबेलापनि प्रयाेग गर्ने आफ्नाे अधिकार सम्झन्छन् (१००) । उत्ता फ्रेन्च मनाेवैज्ञानिक नारीवाद (French psychological feminism) ले म्याटेरियलिस्ट फेमिनिस्टभन्दा विपरीत अध्ययन गर्छ जुन महिलाकाे देखिने भाैतिकभन्दा पनि अदृष्य मनाेवैज्ञानिक अनुभव तथा उनका काल्पनिक साहित्यिक सिर्जनाकाे कुरा गर्छ । यसका अगडीयाहरू हेलेन सिक्जाेअस (Helen Cixous), लिउस् ईरिगेरे (Luce Irigaray) तथा जुलिया क्रिस्टेभा (Julia Kristeva) लगायतहरू छन् । सिक्जाेअसले हामीले बाेल्ने भाषा पृत्रिसत्तात्मक हाे तसर्थ महिलाले आफ्नाे अस्तित्व देखाउन आफ्नै भाषा (ecriture feminine, feminine writing, parler femme, womaspeak, langue maternelle) हुनुपर्छ भनिन् । जस्तै, पुरूषप्रधान समाजले पुरूषमात्रलाई बैठककाे अध्यक्षता “क्षमता” देखेकाेले Chairman शब्द निर्माण गरेका तर महिलामा पनि त्याे क्षमता छ र उनीपनि बैठककाे अध्यक्षता गरिरहेकी छिन् भने त्याे शब्द Chairman ले नसमेट्ने भएकाेले अब Chairwoman पनि नलेखेर Chairperson वा Chair मात्र सम्बाेधन गराैं ।

माथिका सबै शब्दावली उहि नयाँ भाषालाई उनले दिएका नामहरू छन् । सिक्जाेअसका पुस्तक The Laugh of Medusa प्रसिद्ध छ । त्यस्तै, ईरिगेरेले के भन्छिन् भने पुरूषप्रधान संस्कारले महिलाकाे मनाेवैज्ञानिकरूपमा साेच र दिमागलाई पुस्ताैंदेखि भाषामार्फत थिचेकाे छ र यस्ता महिलाले थाहै नपाईकन आफूले सिकाईएकै जस्ताे गरि छाेरीलाई पनि पुरूषकै साेचमा “याेग्य” बनाउन परम्परागत कुराहरू नै सिकाउँछन् किनकि उनि अचेत (Unaware) छिन् कि म महिला आफैंपनि पृथक अस्तित्वकाे र प्रकृति र ईश्वरकाे अगाडि समान प्राणि पुरूष जतिकै हुँ ! उनकाे याे तर्क लेखनमा हुन्छ कि महिलालाई पराया (Othering) पुरूषले मनभित्र नै ठानेका रहेछन् ।

यस समूहकी अर्की विश्वप्रसिद्ध विचारक तथा लेखक क्रस्टेभा हुन्ज । जसले यी सबैकाे जड पुरूषप्रधान भाषा हाे भन्छिन् । उनले परम्परागत बाेलिने भाषाभन्दा (पृष्ठ १०१) अब भाषामा लुकेका ईन्टाेनेशन, ईशारा (Signs) आदिद्वारा नयाँ अलग किसिमले अर्थ निकाल्ने कुरामा जाेड दिन्छिन् र भन्छिन् कि हामीले सानाे बालकलाई जे सिकाईन्छ त्यहि बाेलेझैं हामीले पुरूषवादी भाषालाई किन पुस्ता-दर-पुस्ता ढुवानी गर्ने तसर्थ, सांकेतिक भाषा (Semiotic use) मा जाेड दिन्छिन् ।

जेन्डर अध्ययनबारे त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागबाट अवकाशप्राप्त प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीकाे नाम नेपालमा महिला अधिकार प्राप्तिका गतिविधिमा लेखन र साहित्यतर्फबाट आउँछ । किनकि उनका विद्वत प्राज्ञिक चिन्तन बैठकहरूबाट निस्केका विचारहरू धेरै त्यसमा सामेल महिला लेखकहरूलाई प्रभावित गरिरहेका उनिहरूका साहित्यमा पत्रपत्रिकामार्फत् पढ्न पाईन्छ । प्राध्यापक उप्रेतीका अक्षर क्रिएशन प्रकाशनकाे नेपाली भाषामा सन् २०१२ मा लेखिएर साेहि वर्षमा चाैथाे संस्करण समेत प्रकाशन भई धेरै प्रति बिक्रिमा रहेकाे पुस्तक सिद्धान्तका कुरा सर्जक, अनुसन्धानकर्ता, शिक्षक-विद्यार्थी जाे काेहिकाे लागि पनि अति सरल भाषामा बुझ्नलाई पढ्ने हाे । उक्त पुस्तककाे जेन्डर थ्याेरि यस नारीवादी अध्ययनलाई बुझ्न अझ सजिलाे बनाउँछ । उप्रेतीका मुख्य धारणा यस्ता देखिन्छन् । उनका अनुसार भारतीय लेखक पार्था चटर्जी (Partha Chatterjee) लेख्छिन् कि पुरूषकाे साेच नै राष्ट्रिय साेच बन्न पुग्छ जसमा पुरूषलाई बाहिरिया “Out world” काे तथा महिलालाई भित्रिया “House culture or Insider” काे रूपमा बुझ्छन् र पुरूषले महिलालाई बाह्य आक्रमणबाट जाेगाउँछ भन्ने साेच अंग्रेजबाट भारतकाे स्वतन्त्रता/आजादी (Postcolonial period) कालमा महिलाहरू पनि स्वयं युद्ध लडेकाेबाट खण्डित हुन्छ, अर्थात् महिलाले आफ्नाे लडाईं पुरूषजति आफैं लड्न सक्छन् । उनले महाभारत” कि पात्र द्राैपदी तथा आधुनिक ईतिहासमा झाँसीकी रानीकाे उदाहरण दिँदै महिलालाई घरमा सिमित रहने सांस्कृतिक परम्परागत बुझाईमा अब उनिहरू विद्राेह र स्वतन्त्रताका प्रतिक पनि हुन् भन्छन् ।

साथै, उप्रेती थप्छन् कि महिला माथि पाेस्टकाेलाेनियल कालखण्डमा औपनिवेशिक (Colonizer) का साथै घरमा पनि पुरूषहरूकाे दोहोराे थिचाेमिचाे सहन गर्नुपरेकाे एकप्रकारकाे सबाल्टर्न (Subaltern) काे स्थिति थियाे । मार्क्सवाद नारीवादी सिरिन रायकाे उदाहरण लिँदै उप्रेती लेख्छन् कि संसारमा महिलाकाे ५ प्रतिशत जमीन, १० प्रतिशत आम्दानी र सम्पत्तिकाे १ प्रतिशतमात्र अंश छ, बाँकी सम्पूर्णमा पुरूषकाे पकड छ ! साेच कतिसम्म पुरूष प्रधान समाजकाे गिरेकाे छ भने आजपनि घर बाहिर कार्यालयमा जाने महिलालाई चरीत्रहीन (Characterless) बुझिन्छ । जुलिया क्रिस्टेभाकाे भनाई जाेड्दै उप्रेती लेख्छन् कि पत्रकारिता, व्यवसाय, राजनीति तथा कानूनी पेशासँग सम्बन्धित महिलाहरूलाई पुरूष प्रधान उनका प्रतिस्पर्धीले हेर्ने नजरीया भनेकाे “चरीत्रहीनता” हाे त्यसैले यी पेशाका महिलाहरूले आफ्ना प्रतिस्पर्धी पुरूष (Counter part) काे अगाडि “महिलापन” देखाउन बाध्य पारिन्छ । जसकारण उनिहरू उच्चतम् कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन् । क्रिस्टेभाले अफ्रिकातिर अश्वेत् (Black/Negro) तिर अन्य भागबाट सांस्कृतिक नक्कल (Cultural immitation) यस क्षेत्रमा राजनैतिक र आर्थिक क्षेत्रमा झैं गरिएकाे देखिन्छ ।

संक्षेपमा

यति नै नारीवादकाे अध्ययन, प्रणेता तथा पुस्तकहरू हैनन् । नारीवादी अध्ययन मानव समाज निर्माण भएकाे दिनदेखि आजसम्म हरेक समाजका महिलामाथि हुने शाेषणकाे प्रकृति अनुसार फरक अध्ययन हाे जुन सीमारहित (Endless) हाे अर्थात्, आजकाे नारीवादका स्वरूपहरू भाेली अर्काे कालखण्ड र अर्काे समाजमा अलग हुन सक्छ । नेपालमा यी कुराहरू उच्च शिक्षामा अवश्य भारतमा झैं अध्ययन गराईन्छ । तर नेपाल-भारत जस्ता विश्वकाे पूर्वी गाेलार्द्धकाे अध्ययन अलग्गै स्वादकाे हाम्रा त्रिपिटिक, महाभारत, रामायण जस्ता धार्मिक स्क्रिप्चरहरूबाट नारीवादी अध्ययन गर्न सकिन्छ ।

आजकाे नेपालमा शहर र गाउँका महिलाका आर्थिक अवस्था धनी-गरिब, राजनीतिमा घरबाट हुने पहुँच, पहाडी – मधेशी समाजिक परिवेशका महिलालाई दिईने पारिवारिक छुट आदिका आधारमा पृथक-पृथक नारीवादका प्रयाेग तथा अनुभवहरू छन् । अहिले महिलाकाे नाममा ३३ प्रतिशत अधिकार आरक्षित छ । जुन आफैँमा हास्यास्पद छ र त्याे पनि आर्थिक हैसियत बलियाे भएकाे र राज्यसत्तामा तथा राजनैतिक उच्च घरानामा रहेका महिलाहरूले नै राज्यका ती संसदीय काेटा (Quota) दलहरूमा सिमित राखेका छन् । तसर्थ, नेपालमा महिला वा नारीवादी अध्ययन तथा सर्वसाधारण महिलाकाे अधिकारकाे लागि लामाे संघर्ष, चेतना जगाउने काम आदि बाँकी छ भने महिलाले तत्काल आरक्षण सशक्तिकरणका लागि लिएपनि पछि सक्षमताकाे आधारमा शतप्रतिशतमै पनि उपभाेग गर्ने मिहिनेत गर्नुपर्छ ।

उच्च शिक्षा हासिल गर्ने महिलाले केवल नारीवादमा म शाेधपत्र (Thesis) लेख्न आएकी हुँ । किनकि मैंले समाजशास्त्र वा जेन्डर तथा वूमन स्टडीज वा साहित्य आदिकाे विद्यार्थी हुँ भनेर पुग्दैन । अपितु सबै सिद्धान्तहरू बुझेर कस्काे सिद्धान्तमा टेकेर लेख्ने हाे, साे सिद्धान्तकर्ताहरूका कुरा आफ्ना विषयवस्तुसँग जाेड्नसक्नु पर्छ ।

त्यस्तै, सबै पुरूष महिलाका शत्रु हुँदैन । जस्तै कि प्राध्यापक सञ्जीव उप्रेतीका महिलामैत्री सकारात्मक साेच पढ्न पाईन्छ भने मेराे श्रीमानले मेराे काममा सहयाेग गर्नुहुन्छ । अनि काेहि पुरुषले मेरा लेखनलाई सम्पादन तथा प्रकाशनमा सहयाेग गर्नुहुन्छ भने आमासँग साैभाग्यवश मेराे बुवापनि उत्प्रेरणा दिनुहुन्छ । तर नारीवादी पुरूष अभियन्ता तथा साहित्यकारहरूले अन्तर्राष्ट्रिय मर्यादा रेखा बाहिर गएर बाेल्न र लेख्न पाउँदैनन् । ती हुन् स्त्रीमा हुने प्रजनन, महिनावारी तथा शारीरिक बनावटहरूबारे चर्चा वा लेखन गर्न नपाउने जुन केबल महिलाले गर्न पाउँछन् ।

समाजशास्त्रमा स्नातकाेत्तर गर्नुभएकी लेखक सामाजिक अभियन्ता समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

चरेससहित एक जना पक्राउ

हरिकिशोर शर्मा  ,बैशाख १५  : पर्साको ग्रामीण भेगबाट ठुलो परिमाणमा लागूऔषध चरेस सहित एक जना ब्याक्ती पक्राउ परेका छन्। पक्राउ पर्ने पर्साका...

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २०...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...
spot_img
spot_img

सम्बन्धित समाचार

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरको...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...