
वीरगंज, ६ असार । वीरगंज महानगरपालिकाको १३औं नगरसभामा उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट पेश गरेका छन् ।
चालुतर्पm रू २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्पm ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्पm ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ ।
बजेटमा शिक्षा, खानेपानी तथा सरसफाई, आधारभूत स्वास्थ्य सेवा, यातायात पूर्वाधार क्षेत्र, खेलकुद क्ष्Fेत्रलाई प्राथमिकता दिइएको छ ।
महानगरपालिकाले यसअघि चालू आर्थिक वर्ष २०७९र८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने चालू आर्थिक वर्षको भन्दा करिब १२ करोड रकम घटाएर बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालु तर्पm २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्पm ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्पm ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याइएको छ ।
बुधवार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्पm १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपियाँँ विनियोजन गरिएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपियाँँ छुट्याइएको छ ।
यस्तै लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपियाँँ विनियोजन गरिएको छ ।
वीरगंज महानगरपालिकाले सङघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रूपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रूपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रूपियाँ प्राप्त हुने अनुमान गरेको छ ।
वीरगंज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपियाँँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपियाँँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपियाँँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार को अनुमान गरिएको छ ।
मेयर राजेशमान सिंहको सभाअध्यक्षतामा भएको नगरअधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, ३२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्माचारी लगायतको सहभागीता थियो ।