वीरगंज। पर्साको छिपहरमाई गाउँपालिका का सयौं युवा नेतहरुहर नेपाली कांग्रेस र नेकपा एमाले, जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी माओवादी केन्द्र हो भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका -५ भिस्वा टोल स्थित माओवादी केन्द्रको कार्यालयमा आयोजना गरिएको
पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रममा शेख आरमान ,शेख मुमताज , सुबास मिया तेली , हरिन्द्र कुशवाहा,दिल मोहमद गडी, बिनोद सह , नवल साह लगायतका सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमाले, जासपा का पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुर्ब सांसद तथा प्रमुख आयुक्त ( राष्ट्रिय महिला आयोग ) चान्द तारा कुमारी ले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छिन् ।
पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारीले भने, पर्सा को छिपहरमाई गाउँपालिमा नेकपा (माओवादी केन्द्र ) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब नेकपा (माओवादी केन्द्र ) देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारी ले दावी गरिन् ।

कार्यक्रममा उपस्थित नेता,पार्टीका छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष मुक्तिनारायण साह कानु , छिपहरमाईको गाउँपालिका ईन्चार्ज मोतीलाल यादव छिपहरमाईको वडा नं ५ वाड अध्यक्ष प्रत्याशी शाहरुख मन्सुरी ,छिपहरमाईको कमिटी उपाध्यक्ष रामेश चौरसियालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय