काठमाडौं : देशभर कोभिड-१९ संक्रमितको संख्या घट्दै गएको छ। तीन महिनाअघि दैनिक १२ हजार भन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले स्थिति नियन्त्रणतिर पुगेको हो।

पछिल्लो २४ घण्टामा थप ४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। २ हजार ७ सय ४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण देखिएको हो।

सोही अवधिमा ४८ जना कोरोना मुक्त भएका छन्। एक महिना यता संक्रमितको संख्या तीन डिजिटबाट दुई डिजिटमा कायमै थियो। चैत २४ गते संक्रमितको संख्या ७ कायम रह्यो। आज यो संख्या त्यो भन्दा तल झरेको हो।

देशभर संक्रिय संक्रमितको संख्या ५ सय ९२ रहेको छ। २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हालसम्म कोरोना संक्रमण भएका ११ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ।

Source link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय