टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन सरकारविरुद्ध दायर गरेको मुद्दा जितेका छन्। कोभिड १९ विरुद्धको भ्याक्सिनलाई लिएर जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले रद्द गरेको थियो। त्यसपछि जोकोभिचले अदालतमा भिसा रद्द गर्ने निर्णयको विरुद्ध मुद्दा दर्ता गराएका थिए।

आज भएको बहसका क्रममा जोकोभिचका वकिलले सरकारले गरेको कारवाहीको कुनै आधार नभएको बताएका थिए। न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोभिचले ब्यहोर्नु परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशन दिएकी छिन्।

जोकोभिचको भिसा रद्द भएपछि अस्ट्रेलियन सरकारको निर्णयको पक्ष र विपक्षमा मानिस विभाजित देखिएका थिए। जोकोभिच स्टार खेलाडी भएपनि कोरोनाविरुद्धको अभियानमा उनले साथ नदिएको भन्दै आलोचना भएको थियो।

अदालतले निर्णय गरेपनि अस्ट्रेलियन अध्यागमन मन्त्रीले आफ्नो पदको शक्तिको प्रयोग गर्दै भने फेरि जोकोभिचको भिसा रद्द गर्ने तयारी गरिरहेको बताइएको छ।

अदालतमा पेश गरिएको कागजपत्रका अनुसार जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएको खुलेको छ। जोकोभिच र बोर्डर फोर्ससँग भएको संवाद अहिले मिडियामा सार्वजनिक भएको छ। जसमा जोकोभिचलाई अस्ट्रेलिया आउनुको कारण सोधेपछि बोर्डर फोर्सले भ्याक्सिन बारे प्रश्न गर्छन्। उत्तरमा जोकोभिचले आफूले भ्याक्सिन नलगाएको उत्तर दिन्छन्।

बोर्डर फोर्सले उनलाई भिसा रद्द हुने चेतावनी दिँदै २० मिनेटको समय दिएको बताइएको छ। अदालतले जोकोभिचको भिसा रद्द गर्नु अव्यवहारिक भएको भन्दै उनलाई प्रतियोगिताको प्रतिनिधि र वकिलसँग संवादका लागि पर्याप्त समय नदिइएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय