कैलाली : सुदूरपश्चिममा ३ पदमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि ६ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। नेकपा (एमाले)का तर्फबाट ३ र संयुक्त गठबन्धनका तर्फबाट ३ जना गरी ६ जनाले कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज मनोनयन दर्ता गरेका हुन्।

गठबन्धनका तर्फबाट महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी)की गरिमा शाह, दलित सदस्यमा नेकपा (माओवादी केन्द्र)का जगत पार्की र खुला सदस्यमा नेपाली कांग्रेसका नारायण मिश्रले उम्मेद्वारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ।

एमालेका तर्फबाट महिलामा कैलालीकी सन्तोष शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्। सुदूरपश्चिममा जनप्रतिनिधिको मत भार हेर्दा नपाली कांग्रेस एक्लै पनि बलियो रहेको छ।

निर्वाचनमा यसले थप टेवा पुगेको भन्दै गठबन्धनका तर्फबाट उम्मेद्वारले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय