काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज प्रस्तुत गरेका छन्। 

त्यस्तै, नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। पार्टीको अन्तरिम विधान-२०७८ मा निर्वाचन आयोगले तीन वटा शब्द- ‘साम्यवाद सम्म पुग्ने’ दर्ता गर्न नमानेपछि संशोधन भएको नेता देव गुरुङले जानकारी दिएका छन्। 

पार्टीको अन्तरिम विधानमा साम्यवादी दिशामा अघि बढ्नु रणनीतिक लक्ष्य बनाएको थियो। 

त्यस्तै विधानमा जिल्ला समन्वय समितिमा स्थानीय पालिका अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था विधानमा गरिएको छ। त्यस्तै, हरेक प्रदेशमा ९ सदस्यीय पदाधिकारीको व्यवस्था र जनसंख्याका आधारमा सदस्य संख्या तोकिने विधानमा व्यवस्था गरिएको जानकारी गुरुङले बन्दसत्रमा गराएका छन्। 

यसैबिच समावेशीको हकमा कति प्रतिशतको व्यवस्था गर्ने भन्ने सुझाव माग्दै गुरुङले सोही आधारमा विधानमा व्यवस्था गर्ने जानकारी गराएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय