वीरगंज १० पुस । प्रहरीले श्रोत नखुलेको १६ लाख नेपाली रुपैंया सहित एक भारतीय यूवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विहिबार विहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा टोल स्थीत चोकमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा भारतको विहार जिल्ला मोतिहारी ग्रामपञ्चायत बेलदर्वा ५ बस्ने बर्ष ३० का रंदेश कुशवाहालाई नगद सहित पक्राउ गरेको हो ।

श्रोत नखुलेको नगद अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गर्दा विहिबार पक्राउ परेका कुशवाहालाई सुक्रबार अपराहन्न प्रहरीले सार्वजनिक गरेको हो ।

वि.आर. २२ एन ५०१४ भारतीय नंबरको मोटरसाईकलमा आएको कुशवाहले हेलमेट तथा पाईन्टको खल्तीहरुमा लुकाएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एकहजार दरका १३ सय थान, पाँचसय दरका ६ सय थान गरी जम्मा १६ लाख नेपाली रुपैंया फेला पारेको बाराको प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय