कञ्चनपुर। नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए।

सभापति बोहराले २४४ मत प्राप्त गरे। यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छा्। उनले १९० मत प्राप्त गरे।

कञ्चनपुर २ मा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये दश जना निर्वाचित भएका छन् ।

निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् ।

क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गरेका हुन्। सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय