दमौली। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट तनहुँ क्षेत्र नं १ को सभापतिमा श्याम मौराती र क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न मतगणनानुसार ४८५ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। सभापतिका प्रतिस्पर्धी विश्व बाँस्तोलाले ४०२ मत प्राप्त गरे। पदाधिकारीमा मौरातीको प्यानल नै विजयी भएको छ ।
यसैगरी तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन्। खनाल ४४७ मतसहित सभापतिमा विजयी भएका हुन्। प्रतिस्पर्धी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे। पदाधिकारीमा खनालको प्यानल विजयी भएको छ ।
सोमबार सम्पन्न मतदानमा तनहुँ क्षेत्र नं १ मा ९५४ मध्ये ९३१ मत तथा तनहुँ क्षेत्र नं २ मा ८६६ मध्ये ८६० मत खसेको निर्वाचन समितिले जनाएको छ ।