जनकपुर। नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नु परेको बताएका छन्।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने एमाले विदेशीको दलालीमा लागेको आरोप लगाए। एमालेलाई व्यंग्य गर्दै उनले हिन्दी लबजमा भने, ‘जो हमसे टकराएगा चुर चुर होजाएगा।’

विदेशी दलालीमा लागेकाले पुरानो घर त्यागेको बताउँदै उनले ५२ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेर आफूले ठूल्ठूला काम गरेको दाबी गरे। सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरेको बताउँदै उनले आफूहरू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा मर्यादाको पक्षमा उभिएको बताए।

उनले नेकपा एकिकृत समाजावदी जहिल्यै जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता जनाए। कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सृजना गरी सबैको जीवन राम्रो बनाउन आफूहरू लागिरहेको उनको भनाइ थियो।

राजनीतिक नियुक्तिमा ढिलाइ भइरहेको बताउँदै उनले विभिन्न पार्टीहरूको आ-आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे। राज्यसँग जोडिएका काम सरकारले छिटो भन्दा छिटो गर्न ध्यान पुर्याउन आवश्यक रहेको धारणा उनले राखेका थिए।

अर्को प्रसंमा राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी उनले दिएका छन्। आउँदो चुनावसम्मै गठबन्धन कायम रहने दाबी उनले गरेका थिए।

उक्त कार्यक्रममार्फत नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झालाई नेपालले पार्टी प्रवेश गराएका थिए। झालाई नेकपा (एस)ले यसअघि नै गत २८ कात्तिकमा झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय