काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन्।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे।

यस्तै सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजयी भए।

काठमाडौँ क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि थिए। काठमाडौँ क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका-१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरू पर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय