काठमाडौँ। सोमबार प्रदेश–१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ का केही ठाउँमा आंशिक बद्ली भई फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए। अरू ठाउँमा भने आज सामान्यतया मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले बताए।
यति बेला काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने छ।
राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली भई हल्का हिमपात हुने सम्भावना छ। हिमपातका कारण चिसो अझै बढ्ने अनुमान छ।