धनगढी। बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौबाट सिमारतर्फ गइरहेको जन्ती सवार जिप दशरथचन्द नगरपालिका ६ कलुवामोडमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

म १ ज ३१० नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए। जीपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नभएको र थप खोजी भइरहेको खड्काले बताए। मृतकको संख्या थप बढ्न सक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय