पल शाह

काठमाडौं– निर्माता करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्टमा अभिनेता पल शाह अनुबन्धित भएका छन् । आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने प्रेमकथाको फिल्मका लागि अभिनेता पलसँग सम्झौता भएको छ ।

सिंहकै कथा रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा छ । निर्माण पक्षले चाँडै नै फिल्मको नामसँगै नायिका तथा अन्य कलाकार र प्राविधिक टिम सार्वजनिक गरिने जनाएको छ ।

माघको अन्तिम साता फ्लोरमा जाने फिल्मको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय