दाङ। दाङमा बाटो बनाउने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ।

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्।

बङ्गलाचुलीको मुकुटीदेखि भ्यू-टावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय