धनगढी। नेकपा (एमाले)को चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

१६ ओटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ ओटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको पत्रकार सम्मेलन गरी एमाले सुदूरपश्चिम प्रदेशले जनाएको छ।

१६ निर्वाचन क्षेत्रमध्ये १४ ओटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय