spot_img

spot_img

वरिष्ठ गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ– साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौँको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उनलाई सम्मान गरेका थिए । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो ।

त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ४ रुपैयाँसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मान हिमालय टाइम्स दैनिकका कृष्ण भुसाल, टिभी फिल्मीका विष्णु सुवेदी, म्युजिक खबरका सुमन पण्डित र शिवराम भण्डारीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा गायिका रमिला न्यौपाने, प्रकाश दुतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले, गोविन्द कँडेल, माधव खरेल लगायतकालाई सम्मान गरिएको थियो।

सर्वोत्कृष्ट राष्ट्रिय भाव गायक नितिन गजुरेललाई ‘म जन्मेको देश’बाट अवार्ड प्रदान गरिएको थियो भने ‘नेपाल आमा’गीतबाट टेक तमाङलाई गीतकारको अवार्ड प्रदान गरिएको थियो ।

यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट गायकमा निशान भट्टराई ‘मेरो माया के हो’ सर्वोत्कृष्ट गायिका जिना रसाइली ‘कुन मायाको साइनो’ सर्वोत्कृष्ट गीतकार अर्जुन भट्टराई ‘जीवन जात्रा हो’ र सर्वोत्कृष्ट संगीतकार दीपक शर्मालाई ‘माया जदो’बाट अवार्ड दिइएको थियो ।

यस्तै आधुनिक गीततर्फ सर्वोत्कृष्ट गायकमा कन्यैया सिंहले ‘जुन गीत सुनेर’, जुरीमा रामभक्त जोजिजुले ‘मायालाई ढाका पछ्यौरी’, पब्लिक च्वाइसमा कौशलराज खड्का ‘यति धेरै माया’बाट अवार्ड चुम्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट गायिकामा विद्या तिवारीले ‘तीन पाते’, जुरीमा मञ्जु थापाले ‘माया मुरी मुरी’बाट अवार्ड प्राप्त गर्न सफल भए ।

त्यस्तै सर्वोत्कृष्ट गीतकार पुरुषमा चन्द्रप्रसाईं परिस्कृतले ‘पुरानो घाउ’, जुरीमा भीष्मराज फुलाराले ‘म मरे भने’ र पब्लिक च्वाइसमा कमलराज केसीले ‘कसको मुटु कति दुख्छ’बाट अवार्ड प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट गीतकार महिलामा पुष्पा खनाल ‘माया केवल’, डायस्पोरामा सावु रवि ‘अरूको बन्न सकिन’ले अवार्ड पाए ।

त्यसैगरी सर्वोत्कृष्ट नव गीतकारमा विवि थापा ‘क्षितिज’ले ‘जिन्दगीको लामो बाटो’बाट अवार्ड चुम्दा सर्वोकृष्ट संगीतकारको अवार्ड सन्तोष श्रेष्ठले ‘जुन गीत सुनेरबाट प्राप्त गरे भने जुरीको अवार्ड सरोज कोइरालालाई ‘क्या बात’बाट दिइएको थियो ।

यस्तै पपमा गायक सचिन रौनियार, समीर आचार्य, गायिकामा सिर्जना कार्की, सारिका घिमिरे, एञ्जिला गौचन गीतकारमा तारा अधिकारी, किरण घिमिरे र संगीतकारमा राजेन्द्र भट्टले अवार्ड चुम्नु भए ।

पप–आधुनिकमा नवगायक आर्यन शाही ठकुरी, नवगायिका मिना कार्की, युगल गायन–गुणराज श्रेष्ठ र अस्मिता अधिकारी, अशोक बराल र सोनिका केसी, मोडल पुरुषमा सनम कठायत, महिलामा वर्षा सिवाकोटी, नवमोडल पुरुषमा दिनेश कठायत, जीवन संसार र नवमोडल महिलामा पूजा नाथ, निर्देशकमा अञ्जन शर्मा, छायांकारमा रवीन्द्र बराल, नवनिर्देशकमा दिनेश ठकुल्ला, सम्पादनमा दिप्सन शाह, बाद्यवादनमा सुनिल सिंह नेपाली, एरेञ्जरमा अमुल कार्की र इन्करेजमेन्टमा सुजल बमले अवार्ड उचाल्न सफल भए ।

त्यसैगरी लोक दोहोरीतर्फ गायनमा हरि गिरी, खेम सेञ्चुरी, तृप्ती खड्का, देवी घर्ती, शब्दमा रविन लामिछाने, सामाना शाह, लयमा रामु खड्का, नवगायकमा सीताराम परियार, नवगायिकामा सुमन थापा, जानुका तामाङले अवार्ड प्राप्त गरे ।

त्यस्तै प्रत्यक्ष दोहोरी गायकमा चिज गुरुङ, गायिकामा सपना रोक्का, मोडल महिला अभिनयमा उषा सुवेदी, मोडल महिला नृत्यमा रीना थापामगर, मोडल पुरुषमा महेन्द्र गौतम, नवमोडल महिलामा जुना गुरुङ, नव मोडल पुरुषमा राजेन्द्र मगर, छायांकारमा करण चैसिर, सम्पादनमा प्रकाश धमलामा निर्देशकमा विक्रम चौहान, नवनिर्देशकमा निशान बानियाँमा कोरियोग्राफरमा शम्भु शाही, एरेञ्जरमा विश्वास नेपाल, रेकर्डिष्टमा सुमन रानालाई अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी सर्वोत्कृष्ट पप गीतकार जुरीमा होमराज श्रेष्ठ, मौलिक गायिका निर्मला थापामगर, पपुलर गायक रमेशराज भट्टराई र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड सुधा मरहठ्ठालाई प्रदान गरिएको थियो । गीतसंगीत र सामाजिक र व्यवसाय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूबाट स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं....

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी...

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...