spot_img

spot_img

पर्साको जानकीटोला नाकाबाट खुल्यो तस्करी, सीमामा प्रहरी र तस्करबीच हातपात

बीरगञ्ज । पर्साको ग्रामीण भेगमा पर्ने भारतको सीमासँग जोडिएका दसावता, जानकीटोला र पाण्डेपुर सीमानाकाबाट दैनिक लाखौं मूल्यका सामान विनाभन्सार ओसारपसार भइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सेटिङ गरी तस्करीको लाइन चलाउन दिइएको छ ।

सशस्त्र प्रहरी बलका डिआईजी गणेश ठाडा मगर र नेपाल प्रहरीका डिआईजी उमेश रञ्जितकारले पनि तस्करी नियन्त्रणमा ठोस कदम नचाली मौनधारण गरेका छन् । नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका स्थानीय युनिटका प्रमुखहरूको संरक्षणमा सीमानाकाबाट तस्करी सुरु भएको छ ।

इलाका प्रहरी कार्यालय जानकीटोला (ख) का सई शिव ओली र सशस्त्रको बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीको मिलिभगत र सेटिङमा यस नाकाबाट केही तस्करहरूलाई तस्करीको लाइन दिइएको छ । यस अगाडिका सई कुल कुँवरलाई भैंसी तस्करी काण्डमा तानेर शिव ओलीलाई पर्सा जिल्ला प्रहरीबाट एसपी बेलबहादुर पाण्डेले खटाएका छन् ।

ओली र कार्कीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा सुनिल, महादेव, नथुनी साह, शेषनाथ, आलम, राजा, मुस्लिम छन् । यी कारोबारीहरुको सेंटिङमा जानकीटोला नाकाबाट दैनिक लाखौं मूल्य बराबरका समान भन्सार छली गरी तस्करी गर्न प्रहरीले छुट दिएको छ । सुनिल नाम गरेका व्यापारीले ७ जनाको एउटा टिम बनाई ७ वटा मोटरसाइकल प्रयोग गरी भारतको इनर्वाबाट किराना सामान, रजनीगन्धा, पानपराग, साडी, सुटिङ र कपडा, हार्डवेयर लगायतका समान सखुवा प्रसौनी गाउँपालिकाको महुवन बजारमा लागेर दिने गरेका छन् ।

महादेव नाम गरेका व्यक्ति पर्सा जिल्लामा हुने भैंसी तस्करीको मुख्य तस्करको रुपमा उनी परिचित छन् । उनले जाहुल नामको व्यक्तिलाई सहायक र र रेखदेख गर्नका लागिराखेका छन । उनको ठूलो भैंसी तस्करी चलिरहेको छ । नथुनी साहले भारतबाट किराना आइटम र नेपालबाट मोटर, सुपारी, केराउको, छोगडा, मरिच, सिगरेट, मदिराका लाइन पाएका छन् । इनार्वाका कुख्यात कुखुरा तस्कर शेषनाथले स्थानीय प्रहरी युनिट प्रमुखसँग सेटिङ मिलाई नेपाल भित्र्याउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
ब्यापारी स्रोतका अनुसार शेषनाथले नै कुखुराहरुको सानादेखी ठुला तस्करको जिम्मा लिई स्थानीय प्रहरी प्रमुखहरुसंग मिलोमतोमा कारोबार गराइरहेका छन् । आलमले कुखुरा चल्लाको लाइन पाएका छन् । सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नसरुद्दीन अंसारी र इनर्वाका राज नामका व्यक्तिले साबुनको लाइन पाएका छन् ।

भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले भन्सारी नतिरी नेपाल पठाउने गरेका छन् । मुस्लिम मास्टरले नेपालबाट भारततर्फ पेट्रोल, डिजेल तस्करीको लाइन पाएका छन् । भारतमा भन्दा नेपालमा पेट्रोल डिजल सस्तो भएकाले भारततर्फ ड्रमका ड्रम तस्करी हुँदैआएको छ । आयल निगमले भारतसँग महंगोमा किनेको पेट्रोल डिजल भारततर्फ तस्करी गराउन प्रहरी र सशस्त्रले नै लाइन दिएका छन् । स्थानीय प्रहरी र सशस्त्रका युनिट इन्चार्जहरुले लाइन दिई तस्करी गराउँदैआएको कुरा शनिबार बिहान ३ बजे भारततर्फ लैजाने क्रममा बालुवा बोकेको ट्याक्टर नियन्त्रणमा लिन खोज्दा भएको विवादले पुष्टि गरेको छ ।

नेपालबाट चोरी निकासी गरी ट्याक्टरमा लोड गरी भारततर्फ बालुवा तस्करी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा विवाद भएको थियो । बालुवा बोकेको ट्याक्टर नियन्त्रणमा लिन खोज्दा सीमानाकामा प्रहरी र तस्करबीच हात हालाहाल भएको थियो । बालुवा कारोबारी र प्रहरी टोलीबीच झडप हुँदा तस्करहरुको ग्रुपले ट्याक्टर भगाउन सफल भएका थिए । ट्याक्टर छुटाएर भाग्ने क्रममा एक तस्करको भारतीय नम्बर प्लेटको सुपर स्पलेन्डर ब्रान्डको रातो कलरको मोटरसाइकल नियन्त्रणमा लिई ईप्रका पोखरियामा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...