काठमाडौं। मलद्वारमा लुकाएर ल्याएको आधाकिलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ गरेको छ। फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका महमद जुहेव नामका उत्तर प्रदेशका नागरिक पक्राउ परेका हुन्।
विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाका अनुसार जुहेव अहिले प्रहरीको नियन्त्रणमा छन्। बास्तोलाले नेपालभ्यूजसँग भने ‘‘उनी दुबईबाट आएका थिए। आशंकाका आधारमा छानबिन गर्यौ। ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधा किलो सुन बरामद गरिएको छ।’’
जुहेवले एक्सरे मेशिनले रिड नगर्ने गरी जलप लगाएर सुन ल्याएका थिए।