काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख हटाएकी छिन्। सोमबारको मन्त्रीपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार तीन वटा प्रदेशका प्रमुखलाई राष्ट्रपति भण्डारीले हटाएकी हुन्।
प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखबाट हटाएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ।
सरकारले ती ठाउँमा नियुक्ति सिफारिस समेत गरेको छ। प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ।