वीरगंज। सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले समिति बनाएको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले सरकारलाई सहयोग गर्न समिति बनाएको हो । दुई-दुई महिनामा संयोजक परिवर्तन हुने गरि बैठकले रामचन्द्र पौडेललाई समिति संयोजकमा राख्ने निर्णय गरेको छ। गठबन्धन ५ दलबाट २-२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको सञ्चार तथा सूचना मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ सदस्य छन्।नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेका छन्। नेकपा एकीकृत समाजवादी, जसपाले एकेक जनाको नाम दिन बाँकी छ ।