जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँडले सरकार आम जनताको जीवन रक्षाको लागि गम्भीर रहेको बताएका छन्। उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए।

सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकार जनताको रक्षामा प्रतिबद्ध रहेको बताए।

खाँडले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशील रहेको बताए।

गृहमन्त्री खाँडले राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जीवन रक्षा रहेको र त्यसका लागि आफूहरु प्रयत्नशील रहेको बताए।

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय