spot_img

spot_img

कार्तिकमै मंसिरको हाँजिरी बनाउने नृसिँह माविका प्रधानाध्यापक मेहताको चर्तिकला उजागर

वीरगञ्ज, १७ कार्तिक ।

वीरगञ्जको एक सरकारी विद्यालयका प्रधानाध्यापकको अजिव चर्तिकला उजागर भएको छ ।

उनी हुन् बिनोद मेहता, जो वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रास्थित श्री नृसिंह माद्यामिक विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत छन् ।

मेहताले कार्तिक महिना नसकिँदै मंसिर महिनाको हाँजीरी बनाएको प्रमाण फेला परेको छ । प्राप्त हाँजीरीअनुसार मेहता कार्तिक महिनामा ४ गते मात्रै विद्यालयमा उपस्थित छन् । तर यो समाचार लेखेको दिन बुधवार कार्तिक १७ गते भएपनि उनले मंसिर महिनाको १० गतेसम्म हाँजीरी लगाएको हाँजीरी रजिस्टरमा स्पष्ट देखिन्छ । उनले आफ्नो मंसिर महिनाको पहिला नै हाँजीरी लगाउने काम मात्रै गरेका छैनन । मेहताले विद्यालय व्यवस्थापन समितिको निर्णय बिना नै मनोमानी ढंगले २२ जनालाई निजी स्रोतबाट तलब दिने गरी शिक्षकमा जागिर समेत दिएका छन् ।

शिक्षण कम राजनीति बढी गर्ने प्रधानाध्यापकको रुपमा पनि मेहता परिचित छन् । आर्थीक चलखेल गरेरै उनीहरुलाई शिक्षकमा नियुक्ती गरेको उनकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कुर्मीले आरोप लगाएका छन् ।

यसअघि माइस्थान विद्यापिठ माविमा हुँदा समेत सरुवा नगर्न भन्दै विद्यार्थीहरुलाइ उक्साएर आन्दोलन गर्न सडकमै उतारेको कर्तुतले पटक पटक विवादमा मुछिदै आएका छन् ।

तर यता प्रधानाध्यापक मेहताले कार्तिक महिनामा गर्नुपर्ने हाँजीरी दृष्टि भ्रमका कारण मंसिरमा गरेको प्रतिक्रिया दिए । आफुले झुक्किएर मंसिरमा हाँजिरी गरेको मेहताको स्पष्टोक्ति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...