वीरगञ्ज, १४ कार्तिक । वीरगञ्जको रानिघाटस्थित प्रकाश ट्रेडिंग कन्सर्नमा शनिवार राति चोरी भएको छ । निलकमल तेल, सोयाबिन तेल लगायतका विभिन्न कम्पनीको वीरगञ्जका लागि आधिकारिक विक्रेता प्रकाश ट्रेडिंग कन्सर्नबाट १५ लाख भन्दा बढी मूल्य बराबरको दगभग ४ टन खाने तेल चोरी भएको कन्सर्नका सञ्चालक प्रकाश गुप्ताले बताए ।

मुख्य गोदामबाट राति करिब १२ बजेर ३४ मिनेटदेख लगभग साढे २ बजेसम्मको अवधिमा तेल निकालेको सिसिटिभी फुटेजबाट प्रस्ट हुन्छ । यद्यपी लुकिछिपी सामान ओसारेको हुँदा फुटेजमा पनि स्पष्टसँग देखिएको छैन ।

विगत लामो समयदेखि तेलको कारोवार गर्दै आएपनि यति ठूलो मात्रामा पहिलो पटक चोरी भएको सञ्चालक गुप्ताको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्सामा पनि चोरीको उजुरी दिएको गुप्ताले यात्रा डेलीलाई बताए ।

चोरीको घटनाबारे अनुसन्धान भइरहेको र चोरको खोजीलाई पनि तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यो घटनाले वीरगञ्जमा पुनः चोरहरु रातिको समयमा सलबलाएको स्पष्ट हुन्छ । तसर्थ अरुलाई सजगता अपनाउन पनि गुप्ताले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय