spot_img

spot_img

शिक्षकको तलब नबढेपछि अनिश्चितकालीन बन्द भए डोटीका ३३ ओटा विद्यालय

 

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन्।

विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय गाउँपालिकाले पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दप्रति यहाँको गाउँपालिका शिक्षक महासंघले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ।

जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गणेश दाहलले जानकारी दिए।

उनका अनुसार संघीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्म गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो।

कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योल भइरहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष गणेश खड्काले बताए। गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...