काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।
गठबन्धनबाट बुधबार नै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष उनले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुझाएका थिए।
उनी आजै प्रदेश प्रमुखको कार्यालयम शपथ लिँदैछन्।